अनलाइन समाचार पोर्टल
तीन दशकभन्दा लामो राजनीतिक यात्रापछि भुपालराज कटुवाल प्रदेश सभापतिको प्रतिस्पर्धामा
Home  ⇨  समाचार   ⇨   राजनीति   ⇨   तीन दशकभन्दा लामो राजनीतिक यात्रापछि भुपालराज कटुवाल प्रदेश सभापतिको प्रतिस्पर्धामा
कृपया सेयर गर्नुहोला

झापा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नं. ५ (क) को प्रदेश सभापति पदका लागि भुपालराज कटुवालले उम्मेदवारी दिएका छन्। २०४६ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय कटुवालले लामो राजनीतिक अनुभवलाई संगठन निर्माण, सहकार्य र सामाजिक सेवासँग जोड्दै आफ्नो उम्मेदवारी अघि सारेका हुन्।

कटुवालले कांग्रेसको संगठनभित्र विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएका छन्। राजनीतिक यात्रासँगै उनी सामाजिक तथा व्यावसायिक क्षेत्रमा समेत सक्रिय छन्। नेपाल पेट्रोलियम डिलर एसोसिएसनका केन्द्रीय सदस्य रहेका कटुवाल न्यु पब्लिक कृषि सहकारी संस्था, लायन्स क्लब अफ गौरादह तथा विषहरी शिवालय मन्दिरलगायत संस्थासँग पनि आबद्ध छन्।

लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहँदा कटुवालले आफूभन्दा कनिष्ठ पुस्तालाई समेत नेतृत्वमा अवसर दिने अभ्यास गर्दै आएको बताइन्छ। विगतमा आफू वरिष्ठ हुँदाहुँदै सहकर्मीलाई नेतृत्वमा अघि बढाउन भूमिका खेलेको प्रसंगलाई उनका समर्थकहरूले सहकार्य र संगठनलाई प्राथमिकता दिने राजनीतिक शैलीका रूपमा प्रस्तुत गर्दै आएका छन्।

यसपटक भने कटुवाल स्वयं प्रदेश सभापतिको प्रतिस्पर्धामा उत्रिएका छन्। उनले झापा–५ (क) मा कांग्रेसको संगठनलाई थप व्यवस्थित, सक्रिय र चलायमान बनाउने लक्ष्यसहित आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्।

तीन दशकभन्दा लामो राजनीतिक यात्राबाट प्राप्त अनुभव, पार्टीभित्रको संगठनात्मक सम्बन्ध तथा सामाजिक क्षेत्रमा गरेको सक्रियतालाई आधार बनाउँदै कटुवालले प्रदेश (क) को नेतृत्वका लागि आफ्नो दाबी प्रस्तुत गरेका हुन्। उनको उम्मेदवारीसँगै झापा–५ (क) को प्रदेश सभापति चयन थप चासोको विषय बनेको छ।

कृपया सेयर गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

कृपया सेयर गर्नुहोला