अनेरास्ववियु झापा जिल्ला कमिटीको आयोजनामा दमकस्थित गणतन्त्र चोकमा स्व. गणेश नेपालीको सम्झनामा शोकसभा तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा विद्यार्थी, नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। उपस्थित सबैले स्व. नेपालीको तस्वीरमा दीप प्रज्वलन गरी दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए।
अनेरास्ववियु झापा जिल्ला अध्यक्ष निगेस नयाजुले यस दुःखद घटनाबाट सम्बन्धित निकायले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने र आगामी दिनमा यस्ता घटना पुनः दोहोरिन नदिन आवश्यक कदम चाल्नुपर्ने माग समेत गरेका छन ।
