अनलाइन समाचार पोर्टल
गौरादह जेसीजको आयोजनामा ‘प्रोफेसनल स्पिकिङ वर्कसप’ सम्पन्न ।
Home  ⇨  समाचार   ⇨   गौरादह जेसीजको आयोजनामा ‘प्रोफेसनल स्पिकिङ वर्कसप’ सम्पन्न ।
कृपया सेयर गर्नुहोला

गौरादह, झापा
गौरादह जेसीजको आयोजना र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) गौरादह कृषि क्याम्पसको सह-आयोजनामा सञ्चालित "Professional Speaking Workshop" (व्यावसायिक वक्तृत्वकला कार्यशाला) सफलतापूर्वक सम्पन्न भएको छ।

विद्यार्थी तथा युवाहरूको व्यक्तित्व विकास र व्यावसायिक वक्तृत्वकला क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ गौरादह कृषि क्याम्पसको हलमा कार्यक्रम आयोजना गरिएको हो। उक्त कार्यक्रमको संयोजन गौरादह जेसीज वर्ष २०२६ का उपाध्यक्ष जेसी भुमिका भट्टराईले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन वर्ष २०२६ का कार्यकारिणी उपाध्यक्ष जेसी सितल अधिकारीले गर्नुभएको थियो।

कार्यशालामा युवाहरूलाई चर्चित सहजकर्ता दीपक सुबेदीले प्रशिक्षण दिनुभएको थियो भने प्रमुख अतिथिका रूपमा गौरादहका शैक्षिक धरोहर भोजराज दाहालको उपस्थिति रहेको थियो।

युवाहरूको क्षमता र नेतृत्व विकासका लागि आगामी दिनहरूमा पनि यस्ता रचनात्मक र सीपमूलक कार्यक्रमहरूलाई निरन्तरता दिइने गौरादह जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी ध्रुब चन्द्र अधिकारीले जानकारी दिनुभयो।

कृपया सेयर गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

कृपया सेयर गर्नुहोला